PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वर्षको सर्वाधिक महङ्गा कलाकार 'द रक', बलिउडबाट फोर्ब्सको सूचीमा अक्षय कुमार मात्र



पहिलोपोस्ट

वर्षको सर्वाधिक महङ्गा कलाकार 'द रक', बलिउडबाट फोर्ब्सको सूचीमा अक्षय कुमार मात्र

फोर्ब्स म्यागजिनका अनुसार ड्वेन 'द रक' जोनसन यस वर्ष पनि सर्वाधिक महङ्गो पुरुष कलाकार बनेका छन्। उनले निरन्तर दोस्रो वर्ष महङ्गो कलाकारको स्थान पाएका हुन्।

पूर्व रेस्लरले सन् २०१९ को जुन देखि सन् २०२० को जुनसम्म मात्रै ८७.५ मिलियन डलर कमाए। नेट्फ्लिक्स थ्रिलर 'रेड नोटिस'बाट मात्र उनले २३.५ मिलियन डलर कमाएका हुन्।

उनले लुगाको व्यवसाय 'प्रोजेक्ट रक' पनि आय स्रोत हो।

सर्वाधिक कमाउने टप १० कलाकारहरूको कुल आय ५४५.५ मिलियन डलर रहेको छ। जसमध्य एक चौथाई नेट्फ्लिक्सबाट भएको बीबीसीले जनाएको छ।

द रकसँगै रेड नोटिसमा देखिएका र्‍यान रेनोल्ड्स सर्वाधिक महङ्गो कलाकारको दोस्रो स्थानमा रहे। उनले ७१.५ मिलियन डलर कमाएका हुन्।

सूचीको तेस्रो स्थानमा कलाकार तथा निर्माता मार्क वाह्लवर्ग रहे। उनले ५८ मिलियन डलर कमाए। बेन अफ्लेक र भिन जेसेल क्रमश: चौथो र पाँचौ स्थानमा रहे।

बलिउडबाट अक्षय कुमार मात्र फोर्ब्सको टप १० मा परे। उनी छैठौं स्थानमा रहे। उनको वार्षिक कमाज्ञ ४८.५ मिलयन डलर रहेको छ। उनको सर्वाधिक कमाई उत्पादनहरूको विज्ञापन गरे बापत् भएको हो।

सूचीमा अन्य कलाकार लिन- म्यानुअल मिरान्डा, अभिनेता विल स्मिथ / एडम सान्डलर, ज्याक्की च्यान रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell