PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अभियुक्त बोक्ने सवारी चालक निर्दोष!



पहिलोपोस्ट

अभियुक्त बोक्ने सवारी चालक निर्दोष!

काठमाडौं : 'कमलादी १५ किलो सुन' प्रकरणमा मुछिएका ट्याक्सी चालक निर्दोष देखिएपछि छुटेका छन्। भैरहवाका सन्दीप गुरुङलाई सरकारी वकिल कार्यालय काठमडौंले छाड्न आदेश दिएपछि उनी रिहा भएका हुन्।' उनको संलग्नता नदेखिएकाले छोडेका हौं,' महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले भने।

साउन १३ गते कमलादीमा बरामद भएको भनिएको १५ किलो सुन प्रकरणमा प्रहरीले भोलिपल्ट सन्दीप गुरुङसहित तीन जनलाई नियन्त्रणमा लिएको थियो। गुरुङविरुद्ध प्रहरी संगठित अपराधमा म्याद थप गरिर थुनामा राखेको थियो। प्रहरीले पूर्वी नवलपरासीबाट निलेश सखिया, देवान पटेल र विजय पटेललाई नियन्त्रणमा लिएको थियो। तीनै जना भारतीय नागरिक हुन्।

उनीहरुले घटना भएको दिन सुन फ्याँलेर बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी ललितपुरको नख्खिपोटमा छोडेर ट्याक्सी लिएर नवलपरासी पुगेका थिए। उनीहरुबाट पैसा लिएर थानकोटबाट गुरुङले उनीहरुलाई नवलपुर पुर्‍याएका थिए।

तर उनलाई उनीहरु को हून्? के घटना गरेर आएका छन् भन्ने थाहा नभएपछि गुरुङ छुटेका हुन। प्रहरीले फेला पारेको १५ किलो सुनमध्ये आधा केजी मात्र सक्कली बाँकी चाँदीमा लेपन भएको प्रमाणित भएको थियो।

आइतवार गोंगबुमा भएको विभत्स हत्यामा पनि अभियुक्त भाग्न एम्बुलेन्स प्रयोग भएको खुलेको छ। रुन्तीगढी गाउँपालिका वडा नम्बर ७, रोल्पाका कृष्णबहादुर बोहोराको हत्या अभियोगमा प्रहरीले मंगलवार चितवन कालिका नगरपालिका वडा नम्वर ९ घर भएकी ३७ वर्षीय कल्पना मुडभरी (पौडेल)लाई सार्वजनिक गरेको थियो।

शनिवार राति हत्या गरि पौडेले आइतवार चिने जानेको एम्बुलेन्स चालकलाई फोन गरेर एम्बुलेन्स मगाएर चितवन पुगेकी थिइन। उनले चितवन गए वापत चालकलाई ६ हजार रुपैयाँ दिएको प्रहरी अनुसन्धानमा खुलेको छ। एम्बुलेन्स चालकलाई घटनाको बारेमा केही जानकारी नभएकाले अहिलेसम्म पक्राउ नगरेको जानकारी दिएको छ।' उसलाई अहिलेसम्म घटनाको जानकारी भएको खुलेको छैन। त्यसैले नियन्त्रणमा नलिएका हौं। तर चालक हाम्रो सम्पर्कमा छ,' महानगरीय प्रहरी परिसरका एसएसपी ज्ञवालीले भने।

एम्बुलेन्स चालकले गैरबिरामी भने बोकेका थिए। प्रहरीले चालकमाथि अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell