PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

कमला ह्यारिसको उम्मेद्‍वारीविरुद्ध बोल्दै डोनाल्ड ट्रम्प



पहिलोपोस्ट

कमला ह्यारिसको उम्मेद्‍वारीविरुद्ध बोल्दै डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो वाइडनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपति पदका लागि आफ्नो उम्मेद्वार घोषणा गरेका छन्।

वाइडनले ट्वीटमार्फत् उक्त जानकारी दिए। लेखे,'कमला ह्यारिसलाई उपराष्ट्रपतिको रुपमा उठाउँदा गर्व महसुस भएको छ। उनी एक बहादुर अमेरिकी योद्धा हुन्।'

उपराष्ट्रपति पदका लागि लड्ने उनी पहिलो अश्वेत महिला हुनेछिन्। यसअघि सन् २००८ मा रिपब्लिकन पार्टीले सारा प्यालिन र सन् १९८४ माम डेमोक्रेटिक पार्टीले गिरालडिन फेरारोलाई महिला उम्मेद्वारका रुपमा उभ्याएका थिए। दुवैले चुनाव हारेका थिए।

अमेरिकाका दुवै प्रमुख पार्टीले आजसम्म कुनै अश्वेत महिलालाई राष्ट्रपति पदका लागि उम्मेद्वार बनाएको छैन।

क्यालिफोर्नियाकी सांसद कमला ह्यारिस एक समय जो वाइडनलाई राष्ट्रपति पदमा उम्मेद्वारीका लागि चुनौती दिने महिला हुन्। उनी क्यालिफोर्नियाको महाधिवक्ता रहेकी छिन्। उनी अमेरिकी प्रहरीमा सुधारको समर्थक हुन्। उनले बैंकहरूको चुनौती बावजुद सक्रिय रहेर काम गरेको, श्रमिकको पक्षमा वकालत गरेको। महिला र बालबालिकालाई शोषणबाट बचाएको वाइडले उल्लेख गरेका छन्।

आगामी नोभेम्बर ३ मा वाइडन डोनाल्ड ट्रम्पसँग राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्दै छन्।

रिपब्लिकन पार्टीबाट माइक पेन्स नै उपराष्ट्रपति पदका लागि लड्दैछन्।

कमलाले ट्वीटमार्फत् वाइडनलाई धन्यवाद व्यक्त गरेकी छिन्। भनेकी छिन्,'वाइडनले अमेरिकीहरूलाई एक बनाउन सक्छन् किनकि उनले पूरा जिन्दगी हाम्रै लागि लडेका छन्। राष्ट्रपतिका रुपमा उनी आदर्श व्यक्ति हुन सक्छन्।'

 ५५ वर्षीय कमला गत डिसेम्बरमा राष्ट्रपति पदको उम्मेद्वारीबाट बाहिरिन्। हावर्ड यूनिभर्सिटी पढेकी हुन्।

डोनाल्ड ट्रम्पले भने वाइडन र कमला दुवैको उम्मेद्वारी अमेरिकाका लागि गलत भएको जनाएका छन्।

उनले पत्रकारहरूसँग भने, 'कमला ती व्यक्ति हुन् जसले धेरै कथाहरू भनिन् जो सत्य थिएनन्। उनले प्राइमरी चुनावमा समेत निकै खराब प्रदर्शन गरेकी थिइन्।' उनले कमलाले वाइडनविरुद्ध बोलेको भिडियो समेत ट्वीट गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell