PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भरतपुरका अस्पतालहरुमा कोभिड-१९: स्वास्थ्यकर्मी र बिरामीमा धमाधम संक्रमण



पहिलोपोस्ट

भरतपुरका अस्पतालहरुमा कोभिड-१९: स्वास्थ्यकर्मी र बिरामीमा धमाधम संक्रमण

काठमाडौं : भरतपुरका विभिन्न अस्पतालमा उपचाररत बिरामीहरुलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा अस्पतालमा उपचाररत विरामीसहित २१ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।

संक्रमण पुष्टि भएका मध्ये भरतपुरका ७ पुरुष र ५ महिला छन्। उनीहरु भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर असपताल, पुरानो मेडिकल कलेज, नेसनल सिटी अस्पताल, भरतपुर महानगरका कर्मचारीहरु तथा विरामी हुन्। त्यस्तै इञ्छाकामना ५ की ७८ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको छ। उनी मौलाकालिका अस्पतालमा उपचाररत विरामी हुन्। त्यस्तै बारा सिमराका ४५ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालमा उपचाररत उनमा पनि संक्रमण पुष्टि भएको हो। त्यस्तै बैतडी दिलासैनी ३ का ४० वर्षका पुरुष जो विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत थिए। त्यस्तै रौतहट की एक ८ वर्षकी बालिकामा पनि कोभिड-१९ संक्रमण पुष्टि भएको छ। उनी पुरानो मेडिकल कलेजमा उपचाररत थिइन्।

संक्रमण पुष्टि हुनेमा तनहुँका २ र चितवन राप्तीका ३ पुरुष पनि छन्। उनीहरु स्थानीय क्वारेन्टाइनमा थिए।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell