PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नारायणी अस्पतालका ३५० स्वास्थ्यकर्मीको राजीनामा भएन स्विकृत



राधेश्याम पटेल

नारायणी अस्पतालका ३५० स्वास्थ्यकर्मीको राजीनामा भएन स्विकृत

वीरगंज : नारायणी अस्पताल वीररगंजका करिब साढे ३ सय चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले सामुहिक राजीनामा दिएका छन्। जिल्ला प्रशासन कार्यालय पर्सामा गत साउन २५ गते साँझ नै राजीनमा पत्रसहितका निवेदन बुझाएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी गराए।

स्थानीय रुपमा शान्ति सुरक्षा तथा उच्च मनोबलका साथ काम गर्ने वातावरण नरहेको भन्दै आफुहरुले बाध्य भएर सामुहिक राजीनामा दिएको उनले स्पष्ट पारे। 'नारायणी अस्पतालमा गत साउन २४ गते भएको तोडफोडको घटनालाई लिएर गत साउन २५ गते नै प्रशासनमा सामुहिक राजिनामा दिएको हौं। अहिले स्वीकृत भएको छैन, सेवा जारी राखेका छौ,' उनले भने। कोरोना संक्रमितको उपचारमा २४ घण्टा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने लगायतका कार्य भएपछि बाध्य भएर सामुहिक राजीनामा दिन बाध्य भएको उनले जानकारी गराए। गत साउन २४ गते बिहान वीरगञ्ज छपकैयाकी एक २० वर्षीय युवतीको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। सोही विषयलाई लिएर साउन २५ गते अस्पतालको आकस्मिक कक्षमा छिरेर तोडफोड गरेका थिए।

तोडफोडका क्रममा अस्पतालका झ्यालका सिसा फुट्नुका साथै स्वाब संकलन गर्ने बुथमा समेत क्षति भएको छ। उनीहरुले अस्पतालका चिकित्सकविरुद्ध नाराबाजीसमेत गरेको र डा. उदयनारायण सिंहको कारको सिसा पनि फोडेका थिए। काम छाडेर भाग्ने आफुहरुको नियत नभएको तर सांकेतिक दबाब दिन र स्थानीय प्रशासनलाई शान्ति सुरक्षा व्यवस्थापन तथा वैकल्पिक स्रोत साधन व्यवस्थापनको लागि आफूहरुले राजीनामा दिएको नारायणी अस्तपालका फिजिसियन तथा गण्डक कोभिड अस्पतालको कोर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell