PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

जनकपुरधाम : जनकपुर-ढल्केवर राजमार्गको जनकपुधानम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियामा मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ।

जनकपुर –ढल्केवर सडकखण्ड अन्तर्गत रहेको महेन्द्रनगरबाट जनकपुरतर्फ आइरहेको लु ५६ प ५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरित दिसाबाट गइरहेको लु ६१ प ७७६८ नम्बरको मोटरसाइकलमा गएराती ठोक्किँदा लु ५६ प ५७ नम्बरका मेटरसाइकल चालक अशोक यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

जनकपुर उपमहानगरपालिका वाडा नम्बर १ बस्ने यादवलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell