PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नेपालले खेल्ने तयारीमा रहेको विश्वकप छनोटका खेल फेरि स्थगित



पहिलोपोस्ट

नेपालले खेल्ने तयारीमा रहेको विश्वकप छनोटका खेल फेरि स्थगित

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमले अक्टोबर र नोभेम्बरमा खेल्ने भनिएको फिफा कतार विश्वकप २०२२ र एएफसी एसिया कप चीन २०२३ को छनोट अन्तर्गतका खेल फेरि स्थगित भएको छ।

यस अघि चैतमा हुने भनिएको खेल कोभिड १९ का कारण स्थगित भएपछि एएफसीले अक्टोबर र नोभेम्बर महिनामा खेल सञ्चालन गर्ने तयारी गरेको थियो। यसपटक पनि कोरोना महामारी नरोकिएकाले एएफसीले निर्धारित खेलहरु स्थगित गरेको हो।

स्थगित खेलहरु सन् २०२१ मा हुने एएफसीले जनाएको छ। यता अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताको तयारी अघि बढाइसकेको छ। भदौ १ गतेबाट बन्द प्रशिक्षणको तयारी गरेको एन्फाले खेलाडीको पिसिआर परीक्षण गराउनेदेखि एन्फा कम्पेक्सको होस्टल, क्यान्टिन तथा अभ्यास स्थल स्यानिटाइज गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell