PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

पत्रकार बानियाँ हराएको भन्दै प्रहरीकहाँ उजुरी



पहिलोपोस्ट

पत्रकार बानियाँ हराएको भन्दै प्रहरीकहाँ उजुरी

काठमाडौं : कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ तीन दिनेदखि बेपत्ता भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ।

कान्तिपुर पब्लिकेसनले तीन दिनदेखि पत्रकार बानियाँ हराएको भन्दै प्रहरीमा खोजी गर्दिन निवेदन दर्ता गराएको हो। आज बिहान कान्तिपुर पब्लिकेसनले उनको खोजी गर्नका लागि निवेदन दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

उनको खोजीका लागि महानगरीय अपराध महाशाखाको टोली पनि परिचालन भइसकेको छ।

'हाम्रो टोलीले खोजी गरिरहेको छ। एक ठाउँमा मानिस लोकेट भएको छ। उहाँ हो होइन बुझ्दै छौं,' महाशाखाका प्रवक्ता एसपी इश्वर कार्कीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell