PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

तेह्रौं सागमा डोपिङमा परेका तीन पाकिस्तानी खेलाडीलाई चार वर्षे निलम्बन, सागको पदक खोसियो



पहिलोपोस्ट

तेह्रौं सागमा डोपिङमा परेका तीन पाकिस्तानी खेलाडीलाई चार वर्षे निलम्बन, सागको पदक खोसियो

काठमाडौं : नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी तीन पाकिस्तानी खेलाडी डोपिङमा पोजेटिभ देखिएका छन्। प्रतियोगितामा वर्ल्ड एन्टी डोपिङ एजेन्सीका नियम अनुसार सहभागी भएका खेलाडीको 'इन कम्पिटिस डोपिङ कन्ट्रोल टेस्ट' गरिएको थियो। उक्त परीक्षण मार्फत् संकलन गरिएको युरिन स्याम्पल एन्टी डोपिङ परीक्षणका लागि कतारको दोहा पठाइएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। जसमा तीन पाकिस्तानी खेलाडीमा डोपिङमा परेका हुन्।

जसमा एथलेटिक्समा १०० मिटरमा कास्य पदक जितेका समी उल्लाह, १०० मिटर हर्डल्समा स्वर्ण जितेका मोहम्मद नइम र ४०० मिटरमा स्वर्ण जितेका मेहबुब अलि डोपिङमा परेका हुन्।

विश्व एन्टी डोपिङ को नियमअनुसर तीनै खेलाडीलाई यसको जानकारी गराएर बी स्याम्पल परीक्षण गर्न चाहेमा ल्याबमा सम्पर्क राख्न भनिएकोमा मुमम्मद र मेहेमवुवले बी स्याम्पल परीक्षणका लागि सम्पर्क गरेको कमिटीको विज्ञप्तिमा उल्लेख छ। र ल्याबबाट दुवै खेलाडीको बी स्याम्पल टेस्ट पनि पोजेटिभ आएको र खेलाडीले पनि त्यसलाई स्वीकारेको उल्लेख छ।

डोपिङमा परेका खेलाडीहरुलाई वर्ल्ड एन्टी डोपिङ कोड २०१५ र साउथ एसिया ओलम्पिक काउन्सिलको एन्टी डोपिङ रुल अनुसार सन् २०१९ को डिसेम्बर ३ देखि सन् २०२३ को डिसेम्बर २ तारिखसम्म निलम्बन गरेको बताइएको छ। र, उनीहरुले सागमा जितेको पदक पनि खोसिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ।

१३ औं सागमा पाकिस्तानले १३२ मेडल जितेको थियो। जसमा ३२ स्वर्ण, ४१ रजत र ५९ कास्य जितेको थियो। पाकिस्तान १४ औं सागको आयोजक राष्ट्रसमेत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell