PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

तीन दिनदेखि हराएका कान्तिपुरका पत्रकार बानियाँ मृत भेटिए



पहिलोपोस्ट

तीन दिनदेखि हराएका कान्तिपुरका पत्रकार बानियाँ मृत भेटिए

काठमाडौं : कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँको शव फेला परेको छ।  बनियाँको शव मकवानपुर जिल्लाको सिस्नेरीमा फेला परेको हो।

मंगलवार करिव ६ बजेको समयमा मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्वर ०८ दोभानवेशी स्थित बागमती नदी किनारमा रहेको माण्डु हाईड्रो हेडवक्समा शव फेला परेको थियो।

काठमाडौंको बल्खुबाट उनलाई खोलाले बगाएको थियो। महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले शव भेटिएको पुष्टि गरेका छन्।

कान्तिपुर पब्लिकेसनले तीन दिनदेखि पत्रकार बानियाँ हराएको भन्दै प्रहरीमा खोजीका लागि निवेदन दर्ता गरेको थियो।  कान्तिपुरको अनलाइन संस्करणले पनि उनको मृत्यु भएको समाचार प्रकाशित गरिसकेको छ।

पत्रकार बानियाँ हराएपछि महानगरीय अपराध महाशाखाको टोली पनि खोजीमा परिचालित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell