PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

प्रदेश सभा सदस्य श्रेष्ठ कोरोना सङ्क्रमित, उच्च पदस्थलाई आक्रमण गर्दैछ कोभिड–१९ ले



पहिलोपोस्ट

प्रदेश सभा सदस्य श्रेष्ठ कोरोना सङ्क्रमित, उच्च पदस्थलाई आक्रमण गर्दैछ कोभिड–१९ ले

विराटनगर : प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य कुसुम श्रेष्ठलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

सांसद् श्रेष्ठले बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्तै आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएकी हुन्। श्रेष्ठसँगे उनका श्रीमान् नयन श्रेष्ठ पनि कोभिड–१९ बाट सङ्क्रमित भएका छन्।

‘२४ गते स्वाब परीक्षण गराएकी थिएँ आज रिपोर्ट पोजेटिभ आएछ’, श्रेष्ठले लेखेकी छन्, ‘नयनजी र मसँगस १ हप्ताभित्र सम्पर्कमा रहनुहुने महानुभावहरू सचेत र सजग रहनु होला।’

यसअघि यस प्रदेशका उच्च पदस्थमध्ये प्रदेश महान्यायाधिवक्ता र मोरङ जिल्ला अदालतका एक न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ। सांसद् कुसुम पनि सङ्क्रमित भएपछि कोरोना प्रदेश सभा संसदमा पनि पुगेको पाइएको छ।

धनकुटा स्थायी घर भएकी श्रेष्ठ सुनसरीको इटहरीमा बस्तै आएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell