PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोना संक्रमण नियन्त्रणमा चुकेको भन्दै पर्साका सिडिओ र सहायक सिडिओको सरुवा



पहिलोपोस्ट

कोरोना संक्रमण नियन्त्रणमा चुकेको भन्दै पर्साका सिडिओ र सहायक सिडिओको सरुवा
फाइल तस्विर

वीरगंज : कोभिड १९ को संक्रमण नियन्त्रणमा चुकेको भन्दै गृह मन्त्रालयले पर्साका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ भने सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई ललितपुर सरुवा गरिएको छ।

सिडिओ कार्कीले बुधवार पर्सा छोड्नेछन्। उनको ठाउँमा धादिङमा प्रमुख जिल्ला अधिकारी रहेका आशमान तमाङ आउन लागेका छन्। वीरगंजमा कोरोना महामारी नियन्त्रण बाहिर गएको भन्दै प्रजिअ र सहायक प्रजिअको सरुवा गरिएको नेकपा निकट नेताहरुले बताएका छन्। तर, कार्की र बस्नेतले भने आफूहरुको नियमित सरुवा भएको दावी गरेका छन्।

अब पर्साकी प्रहरी उपरीक्षक गंगा पन्त र नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनुकुमार उपाध्यायको पनि सरुवा हुने चर्चा वीरगंजको राजनीतिक वृत्तमा छ। तर, वीरगंजका वुद्धिजिवीहरुले महमारीको समयमा पुराना कर्मचारीको ठाउँमा नयाँ अधिकारी आउँदा समस्या घट्नुको साटो झनै बढ्नेमा चिन्ता व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell