PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

क्यान्सर जितेकी मनिषाको सञ्जय दत्तलाई संदेश : तिमी यो परिस्थितिलाई पनि जित्न सक्छौ



पहिलोपोस्ट

क्यान्सर जितेकी मनिषाको सञ्जय दत्तलाई संदेश : तिमी यो परिस्थितिलाई पनि जित्न सक्छौ

मंगलवार बलिउड स्टार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको खबर सार्वजनिक भयो। मानिस सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत् उनको स्वास्थ्य लाभको कामना दिइरहेका छन्। अभिनेत्री मनिषा कोइरालाले पनि ट्वीटमार्फत् सञ्जयका लागि कामना गरेकी छिन्।

लेखेकी छिन् : तिम्रो अस्वस्थताका बारेमा सुनेको खबर निकै दु:खद् छ बाबा। तर, तिमी कति बलियो छौ मलाई थाहा छ। जिन्दगीमा धेरै संघर्ष गरेका छौं, अप्ठ्याराहरूलाई पार लगाएका छौ। यो अवस्थालाई पनि जित्न सक्छौ। म तिम्रो स्वास्थ्य लाभको कामना गर्दछु।' 

मनिषा स्वयंले पनि क्यान्सरविरुद्धको लडाई जितेकी हुन्। सन् २०१२ मा क्यान्सरमुक्त भएपछि उनी सामाजिक कार्य र क्यान्सर बारे सचेतात्मक कार्यक्रमरहरूमा सक्रिय रहिन्।

यसैबीच सन् २०१८ मा सार्वजनिक फिल्म 'सञ्जु'मा अभिनय गरिन्। फिल्म सञ्जय दत्तको जीवनमा आधारित थियो। उक्त फिल्ममा सञ्जयकी आमा नरगिसको भूमिकामा देखिएकी थिइन्। सञ्जयका रुपमा रणवीर कपुर प्रस्तुत छन्।

नरगिस र नरगिस बनेकी मनिषा अर्थात् सञ्जयका रील र रीयल आमा दुवैलाई पाठेघरको क्यान्सर भएको हो।

सञ्जयमा भने गत साताको अन्त्यमा स्वास प्रस्वासमा समस्या देखिए पछि लीलावती अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उनको परीक्षणपछि फोक्सोमा पानी जमेको खबर सार्वजनिक भएको थियो। टाइम्स अफ इन्डियाले जनाए अनुसार उनको फोक्सोको क्यान्सर तेस्रो चरणमा छ।

सञ्जयलाई उपचारका लागि अमेरिका लगिँदैछ। उनको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell