PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

कर्णाली प्रदेशमा थप २३ जनामा कोभिड-१९ को संक्रमण तीन जना डिस्चार्ज



पहिलोपोस्ट

कर्णाली प्रदेशमा थप २३ जनामा कोभिड-१९ को संक्रमण तीन जना डिस्चार्ज

काठमाडौं : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा संक्रमण पुष्टि हुनेको संख्या दुई हजार ३४ पुगेको प्रदेशको सामाजकि विकास मन्त्रालयले जनाएको छ।  पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये १८ जना सुर्खेतका रहेका छन्। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत वीरेन्द्रनगरका ११ जना महिला र ७ जना पुरुष रहेका छन्। उनीहरुको नमुना वीरेन्द्रनगर बसपार्कबाट संकलन गरिएको  थियो।

त्यस्तै सोही प्रहयोगशालामा गरिएको परीक्षणका क्रममा सल्यानका १ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यता दैलेख अस्पताल प्रयोगशालामा दैलेखका ४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा दुल्लुका १ र नारायण नगरपालिकाका ३ जना रहेका छन्। पछिल्लो २४ घण्टामा प्रदेशमा ३ जना संक्रमित निको भएर घर फर्किएका छन्।

योसँगै डिस्चार्ज हुनेको संख्या एक हाजार  ८९४ पुगेको छ। हाल सुर्खेतमा १३४ जना संक्रमित उपचारका क्रममा विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell