PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

मापसे गरेर प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोगमा टिप्पर चालक पक्राउ



पहिलोपोस्ट

मापसे गरेर प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोगमा टिप्पर चालक पक्राउ

काठमाडौं : मादक पदार्थ सेवन गरी टिपर चलाएको अभियोगमा प्रदेश ३-०१-००३ क ५८६३ नम्बरको टिप्पर चालक ललितपुर महानगरपालिका-२४ घर भएका ५० वर्षीय दिपक तिमिल्सिनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुंगा र महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित काठमाडौंबाट धादिंङतर्फ जाँदै गरेको उक्त टिपरलाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी टिपर चलाई रहेको अवस्थामा तिमिल्सिनालाई फेला पारी सम्झाई बुझाई गर्न खोज्दा प्रहरीसँगै वादविवाद गरी प्रहरीमाथि दुर्व्यवहार समेत गरेपछि उनलाई पक्राउ गरेको हो।

उनी उपर मुलुकी अपराध संहिता ऐन, २०७४ अनुसार थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell