A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6994c97bc98683.74085260): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6994c97bc98683.74085260,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6994c97bd4b082.38924640): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6994c97bd4b082.38924640,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै मृत्यु, कोभिड संक्रमणबाट मर्नेको संख्या पुग्यो ९१
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै मृत्यु, कोभिड संक्रमणबाट मर्नेको संख्या पुग्यो ९१



प्रकाश भण्डारी

पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै मृत्यु,  कोभिड संक्रमणबाट मर्नेको संख्या पुग्यो ९१

काठमाडौं : हालसम्मकै सबैभन्दा धैरै ८ जनाको कोभिड १९ संक्रका कारण निधन भएको  छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा ८ जनाको मृत्यु भएको पुष्टि गरेको हो। मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतमले काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको साउन २८ गते निधन भएको बताए।

उनको किष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

धादिङको निलकण्ठ नगरपालिकाका ३२ वर्षका पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनकपुरका दुई जनाको मंगलवार निधन भएको जनाएको छ।

धनुषाको जनकपुर उपमहानगरपालिकाका ७२ वर्षका पुरुषको मंगलवार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। धनुषा जनकपुर उपमहानगरकै ३८ बर्षीया महिलाको पनि मंगलवार नै पाटन अस्पतालमा मृत्यु भएको मन्त्रालयले जनाएका छ।

सप्तरी राजविराजका ७२ वर्षका पुरुषका साउन २७ गते निधन  भएको प्रवक्ता गौतमले जानकारी दिए।

मोरङका एक ५५ वर्षका पुरुषको  साउन २८ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा धरानमा उपचारका क्रममा निधन भएको छ। कपिलवस्तुका ४२ वर्षका पुरुषको पनि कोभिड १९ संक्रमणका कारण मंगलवार निधन भएको छ। उनको बुटवल स्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो। बाराका ७५ वर्षका पुरुषको पनि मंगलवार किष्ट मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ। यस्तै मंगलवार थप ४ सय ८४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। मंगलवार १० हजार ४ सय ८१ जनालाई गरिएको पीसीआर परीक्षणमा ४ सय ८४ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतलमले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell