PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोभिड-१९ : प्रदेश १ मा १६११ संक्रमित, ९ जनाको मृत्यु, १०१८ जना डिस्चार्ज



फूलमाया पुरी

कोभिड-१९ : प्रदेश १ मा १६११ संक्रमित, ९ जनाको मृत्यु, १०१८ जना डिस्चार्ज

विराटनगर : प्रदेश १ मा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

मृत्यु हुनेमा ६ जना प्रदेश १ का छन्। अन्य ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

आज मोरङको बुढीगंगा गाउँपालिका २ नम्बर वडाका ५५ बर्षीय पुरुषको आज बिहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ।

त्यस्तै आज ४८ जना संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या एक हजार ६११ पुगेको छ।

आज मोरङका २४, सुनसरीका १४, झापाका ९ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्याकंअनुसार मोरङको विराटनगरका १२ पुरुष, रंगेलीका ७ पुरुष ३ महिला र स्थानीय तह नखुलेका २ पुरुष संक्रमित भएका छन्। त्यस्तै सुनसरीको धरानका ५ पुरुष ४ महिला, दुहवीका ३ र कोशी गाउँपालिका २ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

त्यसैगरी झापाको मेचीनगरका ३ पुरुष ३ महिला, भद्रपुरका ३ पुरुष र रौतहटको गौरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ४ जना डिस्चार्ज भएका छन्।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सुनसरीका ४ जना डिस्चार्ज भएका हुन्।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १८ पुगेको छ।

प्रदेश १ मा आज एक हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १० महिला ३८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell