PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

न्याय परिषदद्वारा जिल्ला न्यायाधीशमा पाँच जनाको नाम सिफारिस



पहिलोपोस्ट

न्याय परिषदद्वारा जिल्ला न्यायाधीशमा पाँच जनाको नाम सिफारिस

काठमाडौं: न्याय परिषद्ले न्याय, कानुन र सरकारी वकिल समूहका पाँच राजपत्राङ्कित कर्मचारीलाई जिल्ला न्यायाधीशका लागि सिफारिस गरेको छ।

परिषद्को बुधबार बसेको बैठकले पाँच जनालाई न्यायाधीशमा सिफारिस गरेको हो। यसअघि मंगलबार २४ जनालाई खुला तथा आन्तरिक प्रथियोगितात्मक प्रतिस्पर्धाबाट न्यायाधीशमा सिफारिस गरेको थियो।

परिषद्का अनुसार काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठ, उच्च अदालत जनकपुर, राजविराज इजलासका रजिष्टार रोशनकुमार भट्टराई, रक्षा मन्त्रालयका कानुन अधिकृत दुर्गावेदी गुरुङ, सर्वोच्च अदालत इजलास अधिकृत शकुन्तला कार्की र उपन्यायधिवक्ता निर्मला योङया जिल्ला न्यायाधीशमा सिफारिस भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell