PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

सर्वोच्चका न्यायाधीश खतिवडाको सुरक्षाकर्मीमा देखियो कोरोना, बसे होम क्वारेन्टाइनमा



पहिलोपोस्ट

सर्वोच्चका न्यायाधीश खतिवडाको सुरक्षाकर्मीमा देखियो कोरोना, बसे होम क्वारेन्टाइनमा

काठमाडौं: सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीमा कोभिड १९ को संक्रमण देखिएको छ। न्यायाधीश खतिवडाले बुधवार विज्ञप्ति जारी गरेर सुरक्षाकर्मीमा कोभिड पोजटिभ देखिएको र आफू होम क्वारेन्टाइनमा बसेको जानकारी दिएका छन्।

साउन २२ गते बिहीवारसम्म खतिवडाको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा आज संक्रमण देखिएको हो। उनको दुई दिनअघि सोमवार स्वाब संकलन गरिएकोमा आज पीसीआर परीक्षण रिपोर्ट आएको हो।

खतिवडाले आज पनि इजलास सञ्चालन गरेका थिए। दिउँसो सुरक्षाकर्मीको रिपोर्ट पोजेटिभ आएपछि उनी होम क्वारेन्टाइनमा बसेका हुन्। 

‘मैले आफूमा संक्रमणको लक्षण वा असहजता अहिलेसम्म महशुस गरेको छैन। आशा छ मलाई संक्रमण भएको छैन होला,’न्‍यायाधीश खतिवडाले भनेका छन्, ‘तथापि सतर्कता र सावधानी अपनाउन आवश्यक ठानेर अहिले म आफ्नै निवासमा सामाजिक दुरी कायम राखेर बसेको छु।’

खतिवडाले आफू स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीसँग सम्पर्क र परामर्शमा रहेको जानकारी गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell