PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

४७ जिल्लाका ४८४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, कुन जिल्लामा कति?



पहिलोपोस्ट

४७ जिल्लाका ४८४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, कुन जिल्लामा कति?

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी काठमाडौं उपत्यका रहेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रस्तुत गरेको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा १३८ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा गरिएको १० हजार ४८१ नमुना परीक्षणका क्रममा ४७ जिल्लामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या १६ हजार ७२८ पुगेको छ। त्यस्तै, संक्रमण पुष्टि हुनेमा वाग्मती प्रदेशमा १८३ जना रहेका छन्। त्यस्तै, प्रदेश २ मा १४६ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश १ मा ७८ जनामा संक्रमण पुष्टि हुँदा कर्णालीमा २५, गण्डकी प्रदेशमा २३ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश ५ मा १७ र सुदूरपश्चिम प्रदेशमा १५ जनामा संक्रमण पुष्टि भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell