PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

कैलालीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु



एम बम

कैलालीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु

कैलाली : कैलालीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ। कैलालीको धनगढी उप-महानगरपालिका वडा नम्बर १४ फुलबारी (सी) गाउँँका ४५ वर्षीय अमरबहादुर चन्दको प्रहरी हिरासतमा मृत्यु भएको हो।

मदिरा सेवन गरी घरमा झगडा गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि मंगलवार राति ३ बजे उनलाई सीमा प्रहरी चौकी फुलबारीले नियन्त्रणमा लिएको थियो।

त्यसपछि हिरासतमा राखिएका उनी बुधवार बिहान शौचालयमा मृत फेला परेको प्रहरीले जनाएको छ। सीमा प्रहरी चौकी फुलबारीका अनुसार उनको के कति कारणले मृत्यु भएको भन्ने खुल्न बाँकी छ।

सोही अनुन्धानका लागि अहिले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टको टोली फुलबारी पुगेको छ।

चन्दको शव भने पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell