PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

धर्म, संस्कृति रक्षाको निम्ति आन्दोलनको तयारी गरौं: नेता बोहोरा



पहिलोपोस्ट

धर्म, संस्कृति रक्षाको निम्ति आन्दोलनको तयारी गरौं: नेता बोहोरा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दिपक बोहराले राप्रपालाई नयाँ पुस्ताको बलमा मुलुकको बलियो शक्ति बनाएरै छाड्ने दृढता ब्यक्त गरेका छन्।

विभिन्न संगठन परित्याग गरि राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन प्रवेश गर्ने विद्यार्थीलाई स्वागत गर्दै बोहराले धर्म, संस्कृति, पहिचान रक्षाको निमित्त युवा पुस्ताले आन्दोलनको तयारीमा लाग्नुपर्नेमा जोड दिए।

विद्यार्थी वर्गको हकहितको निमित्त भन्दा पनि तन्नेरी पुस्ताको दुरुपयोग गर्ने प्रवृत्ति हावी हुनु दु:खद भएको भन्दै मुलुकलाई समृद्धिको मार्गमा लैजानको निमित्त नयाँ पुस्ताले एकपटक जुरुक्क उठ्नुपर्ने बेला आएको बताए।

बोहराले अगामी निर्वाचनबाट कांग्रेस, कम्युनिस्ट र मधेशवादी दलको विकल्पको रुपमा राप्रपा उदाउने समेत दाबी गरे। कार्यक्रममा विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह, अनमोल ढकाल, निराजन बमलगायत विद्यार्थी नेताहरुले बोलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell