PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

राष्ट्रिय फुटबल खेलाडीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ, भदौबाट अभ्यास शुरु नहुने



पहिलोपोस्ट

राष्ट्रिय फुटबल खेलाडीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ, भदौबाट अभ्यास शुरु नहुने

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीको सोमवार गरेको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। सोमवार र मंगलवार खेलाडीलाई प्रशिक्षणमा राख्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाले कोरोना परीक्षण गराएको थियो।

भदौ १ गतेबाट नेपाली राष्ट्रिय फुटबल टिमले अक्टोबर र नोभेम्बरमा खेल्ने भनिएको फिफा कतार विश्वकप २०२२ र एएफसी एसिया कप चीन २०२३ को छनोट अन्तर्गतका खेलका लागि अभ्यास शुरु गराउने तयारी एन्फाको थियो। तर, विश्वकप छनोटका खेलहरु सन् २०२१ सम्मको लागि स्थगित भएको एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले आज स्थगित गरेसँगै एन्फाले अभ्यासलाई पनि स्थगित गरेको छ। क्वारेन्टाइनमा रहेका खेलाडीहरुलाई भोलि घर पठाइने एन्फाले जनाएको छ।

त्यस्तै, एन्फाले आज विज्ञप्ति निकाल्दै कोरोनाको संक्रमण बढ्दै गएकाले एन्फा कार्यालय पनि भदौ ३ गतेसम्म बन्द हुने जनाएको छ।

यसअघि पनि भदौबाटै अभ्यास शुरु गराउने तयारीमा रहेको नेपाल क्रिकेट संघ क्यान पछि हटेको थियो। त्यस्तै, ओलम्पिकको तयारीका लागि खेलाडी अभ्यास गराइरहेको कराँतेको अभ्यास पनि मंगलवारबाट रोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell