PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नक्कली भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरसहित १२ जना धरौटीमा रिहा



पहिलोपोस्ट

नक्कली भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरसहित १२ जना धरौटीमा रिहा

काठमाडौं: नक्कली भान्जा बनाएर गैरकानुनी रुपमा मिर्गौंला प्रत्यारोपण गरेको अभियोग लागेका चितवनस्थित कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) का चिकित्सकसहित १२ जना धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत ललितपुरले घटनामा संलग्न १३ जनालाई नै धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, धरौटी बुझाउन नसक्दा प्रतिवादी रेश्मा राई भने थुनामा गएकी छिन्। अदालतले राईसँग चार लाख रुपैयाँ धरौटीमा माग गरेको थियो। 

जिल्ला अदालतले बुधबार मानव शरीरको अंग प्रत्यारोपण सम्बन्धी कसुरमा मुद्धा चलाइएका  उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतका अनुसार जमुना बतास र योगेन्द्रराज थपलिया ४ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। त्यस्तै, भीमप्रसाद खनाल फुल्देल ५५ हजार तथा डा. राकेशकुमार बर्मा, गोपाल महर्जन, नवराज केसी, राजकुमार केसी, रामचन्द्र ढकाल, रमेश काफ्ले, डा. सुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेती ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। यसैगरि सन्तोष राई २० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण गराएको भन्दै मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले प्रत्यारोपण गराउने चिकित्सकदेखि अन्य १३ जनालाई एक महिनाअघि नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell