PahiloPost

Oct 10, 2025 | २४ असोज २०८२

नेपाल विद्युत् प्राधिकरणमा कोरोनाः दश कर्मचारी संक्रमित, पाँच जना निको हुँदा एकको मृत्यु



अमर बडुवाल

नेपाल विद्युत् प्राधिकरणमा कोरोनाः दश कर्मचारी संक्रमित, पाँच जना निको हुँदा एकको मृत्यु

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारीहरुमा कोभिड १९ को संक्रमण देखिएको छ। बुधबारसम्म प्राधिकरणमा कार्यरत १० जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। 

प्राधिकरणको विराटनगर, रंगेली र तौलिहवा वितरण केन्द्रमा १० जना कर्मचारी संक्रमित भएकोमा ५ जना उपचारपछि निको भइसकेका छन्।

भाइरसबाट संक्रमित भइ एक जनाको कर्मचारीको मृत्यु समेत भइसकेको छ। विराटनगर वितरण केन्द्रका एक कर्मचारीको कोरोनाबाट निधन भएको कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईले बताए।

कोरोना संक्रमित पहिचान भएसँगै प्राधिकरणले अत्यावश्यक काममा १५/१५ दिनको सिफ्टमा काम गर्न निर्देशन दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell