काठमाडौं : नेपालका परराष्ट्र सचिव शंकरदास बैरागी र चिनियाँ उप-परराष्ट्रमन्त्री लुओ झाओहुईबीच बुधवार भिडियो संवाद भएको छ।
सो संवादमा कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि दुई देशबीचको सहकार्यका बारेमा छलफल भएको थियो। त्यस्तै, द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा अन्य विषयमा फलदायी छलफल भएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमार्फत जानकारी दिएकी छिन्।
A video meeting was held between Nepali Foreign Secretary Mr. Shanker Das Bairagi and Chinese Vice Foreign Minister Mr. Luo Zhaohui today. Fruitful discussion on combating COVID-19, bilateral relations, practical cooperation and others. pic.twitter.com/nwCRXlPdSA
— Ambassador Hou Yanqi (@PRCAmbNepal) August 12, 2020
