PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु



रासस

स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु
प्रतीकात्मक तस्बिर : pediatriconcall.com

बैतडी : स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन्। पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो।

स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पुर्‍याइएको थियो। त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधवार अपराह्न चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले बताए। मृतक पूजाका बुबा रोजगारीको सिलसिलामा विदेश रहेका छन्। उनलाई उपचारका लागि आमा र हजुरबुबाले धनगढी पुर्‍याएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell