PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

अमेरिकाले 'एच-वान बी' भिसालाई बनायो केही खुकुलो



पहिलोपोस्ट

अमेरिकाले 'एच-वान बी' भिसालाई बनायो केही खुकुलो

वासिङ्टन : ट्रम्प प्रशासनले H-1B भिसा होल्डरका लागि केही खुकुलो प्रावधान अगाडि सारेको छ। यसअघि राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेशमा कडाई गर्ने नीति ल्याएका थिए। त्यसलाई केही खुकुलो पार्दै पुरानै काममा फर्केन शर्तमा उनीहरुमाथि लगाइएको भिसा रोक्का हटाउन सकिने व्यवस्था गरिएको हो।

साथै स्टेट डिपार्टमेन्टको एड्भाइजरीमा पहिले भिसा पाइसकेका व्यक्तिसँग आश्रितलाई पनि अमेरिका प्रवेशमा रोक नलगाइने उल्लेख गरिएको छ।

पहिले नै रहेको संस्था, त्यही पद र पहिलेकै रोजगार दाता भएमा उनीहरुलाई प्रवेश गर्न दिइने व्यवस्था गरिएको हो।

गत जुलाई २२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई कारण देखाउँदै अध्यामनको नीति कडा बनाइने सार्वजनिक गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell