PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

एटलान्टालाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा



पहिलोपोस्ट

एटलान्टालाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

इटलियन क्लब एटलान्टालाई हराउँदै फ्रेन्च फुटबलको महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको अधिकांश समय एक गोलले पछि परेको अवस्था रहेको पिएसजीले खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

पोर्चुगलको स्टेडियो डा लुइज स्टेडियममा भएको खेलमा एटलान्टाले खेलको २६ औं मिनेटमा अग्रता बनाएको थियो। डुभान जापटाको पासमा मारियो पसालिचले गोल गर्दै एटलान्टालाई अग्रता दिएका थिए। पहिलो हाफमा एटलान्टा १ गोलले अघि रह्यो।

खेलको ६० औं मिनेटमा किलियन एम्बापेलाई पिएसजीले मैदानमा उतारेको थियो। खेलको ९० औं मिनेटमा पिएसजी बराबरीमा फर्किएको थियो। नेइमारको पासमा मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तको ३ मिनेट भित्रै एम्बाप्पेको पासमा इरिक म्याक्सिमले गोल गर्दा पिएसजीले पुनरागमन जित निकाल्न सफल रह्यो।

पिएसजीले सेमिफाइनलमा आरबी लाइपजिग र एट्लेटिको मड्रिडबीचको बिजेतासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell