PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

ट्याक्सी चालकलाई इँटा प्रहार गरी घाइते बनाउने पक्राउ



पहिलोपोस्ट

ट्याक्सी चालकलाई इँटा प्रहार गरी घाइते बनाउने पक्राउ

काठमाडौः ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौँ चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ चोकबाट बुधबार पक्राउ गरेको हो। अभियुक्त उदास र टेकु बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–३ का २८ वर्षीय अमृतकुमार वैद्यले २०७६ चैत २ गते राति चन्द्रागिरि नगरपालिका १५ विष्णुदेवी घर भएका बा २ ज ५३१६ नम्बरको ट्याक्सीका चालक विष्णुबहादुर श्रेष्ठलाई ढुङ्गा तथा इँटा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

घटनामा संलग्न वैद्यलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो भने उदास उक्त घटनापश्चात फरार रहेका थिए। उदासलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell