PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

आजबाट सवारी पास वितरण बन्द



पहिलोपोस्ट

आजबाट सवारी पास वितरण बन्द

काठमाडौं : बिहीवारबाट जिल्ला तथा अन्य निकायले उपलब्ध गराउँदै आएका सवारी पास जारी गर्ने काम बन्द भएको छ। गृह मन्त्रालयले बुधवार देशभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण नगर्न निर्देशन दिएको हो।

कोरोना भाइरसको संक्रमणपछि विभिन्न समयमा मन्त्रिपरिषद्को निर्णय बमोजिम कार्यालयहरुले सवारी पास उपलब्ध गराउँदै आएकोमा अर्को सूचना जारी नभएसम्म त्यस्ता पास वितरण नगर्न मन्त्रालयले निर्देशन दिएको थियो।

लकडाउन अन्त्य भएपछि कोरोना संक्रमितको संख्या बढेसँगै संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले उक्त निर्णय लिएको जनाइएको छ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतवारदेखि दुई साताको लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु समेत बन्द गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell