PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

कोभिड-१९ : वीरगंजमा संक्रमण दर १५ प्रतिशत, अनुशासन पालना नगरे अझै बढ्ने चिकित्सकको चेतावनी



राधेश्याम पटेल

कोभिड-१९ : वीरगंजमा संक्रमण दर १५ प्रतिशत, अनुशासन पालना नगरे अझै बढ्ने चिकित्सकको चेतावनी

वीरगंज : वीरगंजमा दैनिक दर्जनौं व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ। समुदायस्तरमै कोरोना संक्रमण फैलिएको यसले पुष्टि गर्छ। नारायणी अस्पतालको प्रयोगशालाको अनुसार वीरगंजको हालको संक्रमण दर १५ प्रतिशतको हाराहारीमा रहेको जनाइएको छ।

नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायका अनुसार वीरगंजमा साउनयता ७ हजार ३ सय ७८ वटा स्वाब परिक्षणबाट एक हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ। कोभिड-१९ संक्रमण पछिल्लोपटक १४.७८ प्रतिशतले भइरहेको देखिएको छ।

जब कि साउनअघि संक्रमणको दर एकदमै न्यून थियो। कोरोना पहिला भारत वा विदेशबाट आएकाहरुमा मात्र थियो भने अहिले अस्पताल, क्वारेन्टाइनबाट बाहिर अर्थात् समुदायस्तरमै फैलिएको उनको जिकिर छ। तसर्थ, कोभिड संक्रमणको चेन क्रम टुटाउन स्थानीय प्रशासनले साउन १० गतेदेखि वीरगंज र साउन १९ गतेदेखि पर्सामा निषेधाज्ञा पनि जारी गरेको थियो।

अझै पनि कोभिड-१९ को औषधि नेपालमा उपलब्ध नरहेकोले संक्रमण नसर्ने अनुशासन पालना नगरे अगामी दिनमा पनि संक्रमण दर अझै बढ्ने नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले चेतावनी दिए। उनले सर्वसधारणलाई मास्क प्रयोग गर्न, साबुन पानीले पटकपटक हात धुन, समाजिक दुरी गर्न, फ्लुजस्तो लक्षण आर्थात् ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा समस्या आए तत्कालै जाँच गराई चिकित्सकको सल्लाहअनुसार गर्न पनि आग्रह गरे। घरमा पनि बस्दा आफ्नो व्यक्तिगत सरसफाईमा विशेषमा ध्यान दिनुपर्नेमा उनको जोड छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell