PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

गण्डकीमा कोभिड -१९ : ९२ प्रतिशत संक्रमित डिस्चार्ज ७ मृत्यु



विधुर ढकाल

गण्डकीमा कोभिड -१९ : ९२ प्रतिशत संक्रमित डिस्चार्ज ७ मृत्यु

काठमाडौं : गण्डकी प्रदेशका ९० प्रतिशत बढी कोभिड-१९ का संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा एक हजार ६५६ जनामा संक्रमण पुष्टि भएको छ।

जसमध्ये एक हजार २२२ जना संक्रमित उपचारपछि निको भएर फर्किएका छन्। त्यस्तै, ७ जनाको मृत्यु भएको छ। यद्यपि, प्रदेशको तथ्यांकमा मृत्यु हुनेको संख्या ५ रहे पनि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका शिशु र पाटन अस्पतालमा मृत्यु भएका गोरखाका एक जनालाई समावेश गरिएको छैन।

पाटन अस्पतालमा मृत्यु हुने आत्महत्याको प्रयासपछि उपचारका लागि भर्ना भएका विरामी थिए। उनको स्वाब परीक्षण पछि कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। हाल प्रदेशमा १५२ जना संक्रमित उपचारका क्रममा अस्पतालमा रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

कुन जिल्लामा कति संक्रमित?

गण्डकी प्रदेश सबैभन्दा कम संक्रमण पुष्टि भएका प्रदेश मध्येको हो। सबैभन्दा कम प्रदेश १ मा एक हजार ६११ जना संक्रमित छन् भने गण्डकीमा एक हजार ६५६ जना।

प्रदेशमा सबैभन्दा बढी नवलपरासी पूर्वमा संक्रमण पुष्टि भएको छ। यहाँ एक्टिभ केस जम्मा ६ रहेको छ। जिल्लामा कसैको पनि मृत्यु भएको छैन भने संक्रमित मध्ये ३२६ जना डिस्चार्ज भइसकेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

नवलपरासीपछि सबैभन्दा बढी २९७ जनामा संक्रमण पुष्टि भएको छ स्याङ्जामा। यहाँ मृत्यु हुनेको संख्या २ छ भने एक्टिभ केस ४८। संक्रमण पछि निको भएका संक्रमितको संख्या पनि २४७  रहेको छ।

त्यस्तै, बाग्लुङमा २६३ जनामा संक्रमण पुष्टि भएको छ। यहाँका १ जनाको मृत्यु भएको छ। बाग्लुङमा १८ एक्टिभ केस रहेका छन्। त्यहाँका संक्रमित मध्ये २४४ डिस्चार्ज भएका छन्।

कास्कीमा १९५ जनामा संक्मण पुष्टि भएको छ। यहाँ ६० संक्रमित उपचारकै क्रममा आइसोलेसनमा रहेका छन्। एक जना मृत्यु भएको कास्कीमा १३४ जना डिस्चार्ज भइसकेका छन्।

तनहुँमा १८९ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ९ एक्टिभ केस र १८० डिस्चार्ज भइसकेका छन्। ११६ जना संक्रमित भएको गोरखामा २ जनाको मृत्यु भएको छ। गोरखाका १ जनाले आत्महत्याको प्रयासपछि उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो। उनमा पनि संक्रमण पुष्टि भएको थियो।

गोरखामा एक्टिभ केस ३ र डिस्चार्ज हुनेको संख्या ११२ जनामा निको भइसकेका छन्। लमजुङमा १११ जनामा संक्रमण पुष्टि भएको छ। १०९ जना डिस्चार्ज भइसकेका छन् भने २ जना उपचारका क्रममा आइसोलेसनमा छन्।

४८ जनामा संक्रमण पुष्टि भएको म्याग्दीमा ४७ जना डिस्चार्ज भइसकेका छन्। १ जना उपचारका क्रममा छन्। म्याग्दीका एक शिशुको मृत्यु त्रिवि शिक्षण अस्पतालमा भए पनि निर्देशनालयले पुष्टि गरेको छैन।

मनाङ र मुस्ताङ अहिले कोभिड-१९ को संक्रमण नभएका जिल्ला हुन्। यहाँका १/१ जनामा संक्रमण पुष्टि भए पन उपचारपछि डिस्चार्ज भइसकेका छन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell