पहिलोपोस्ट : वीरगंजमा पछिल्लो दुई दिनमा ९ महिलासहित ३५ जना नया संक्रमित थपिएका छन्। जसमा १ जना बारा, प्रसौनी गापा-१ नकटुवाका र बाँकी ३४ जना पर्साका रहेका छन्। साउन २७ र २८ गते राति नारायणी अस्पताल प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टअनुसार ५ वर्षीया बालकदेखि ६२ वर्षिया पुरुससम्म रहेका छन्।
पर्साका ३४ मध्ये ३२ जना वीरगंजको वडा नं ६, ९, १०, ११ लगायतका संक्रमित रहेका छन् भने दुई जना छिपहरमाई गापा ५ भिस्वाको रहेको नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले बताए।