PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

इङ्ग्ल्याण्ड र पाकिस्तानबीच दोस्रो टेस्ट आजबाट



पहिलोपोस्ट

इङ्ग्ल्याण्ड र पाकिस्तानबीच दोस्रो टेस्ट आजबाट

इङ्ग्ल्याण्ड र पाकिस्तानबीच दोस्रो टेस्ट आजबाट साउथह्याम्पटनमा सुरु हुँदैछ। नेपाली समय अनुसार दिउँसो पौने ४ बजेबाट खेल सुरु हुनेछ। ३ म्याचको टेस्ट सिरिजमा इङ्ग्ल्याण्डले पहिलो टेस्टमा ३ विकेटको जित निकालेको थियो।

पहिलो खेलमा पराजित भएको पाकिस्तानका लागि यो पुनरागमनको मौका हुनेछ भने इङ्ग्ल्याण्डलाई जित सुनिश्चित गर्ने। इङ्ग्याण्डको टिममा बेन स्टोक्स छैनन् जसको प्रत्यक्ष फाइदा पाकिस्तान उठाउन चाहन्छ। स्टोक्स पारिवारीक कारणले टिमभन्दा बाहिर रहने भएका छन्।

यसअघिको खेलमा पाकिस्तानले राम्रो सुरुवात गरे पनि इङ्ग्ल्याण्डको लागि क्रिस वोक्स र जोस बटलरले उत्कृष्ट प्रदर्शन गर्दै इङ्ग्ल्याण्डलाई जित दिलाए।

सन् २०१० यता इङ्ग्ल्याण्डले पाकिस्तान विरुद्धको सिरिज जितेको छैन। सन् २०१० जुलाईमा ३-१ ले इङ्ग्ल्याण्ड सिरिज जितेयता ४ वटा टेस्ट सिरिज यी दुई देशबीच भइसकेका छन्। जसमा सन् २०१२ र १५ मा पाकिस्तानले २ वटा सिरिज जितेको थियो भने सन् २०१६ र २०१८ मा भएको सिरिज बराबरीमा टुंगिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell