PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

पर्सा जिल्लामा थप ३० जनामा कोभिड-१९ को संक्रमण, पाँच देखि १२ वर्ष सम्मका ६ बालबालिका



पहिलोपोस्ट

पर्सा जिल्लामा थप ३० जनामा कोभिड-१९ को संक्रमण, पाँच देखि १२ वर्ष सम्मका ६ बालबालिका

काठमाडौं : पर्साको वीरगंज महानगरपालिकामा थप २९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै लालपर्साका १ जनामा पना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराको पर्सौनी १ का १ जनामा पनि संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ।

वीरगंजमा संक्रमण पुष्टि भएकाहरु सबै कन्ट्र्याक्ट ट्रेसिङमा परेका हुन्। उनीहरु सबैको रेलवे स्कुलबाट स्वाब संकलन गरिएको थियो। त्यसअघि संक्रमण पुष्टि भएका चार जनाको परीक्षण रिपोर्ट पोजिटिभ आएको छ।   

संक्रमण पुष्टि भएका मध्ये पाँच वर्ष देखि ५५ वर्षसम्मका छन्। संक्रमित मध्ये १० जना महिला छन्। संक्रमण पुष्‍टि हुनेमा वीरगंज घण्टाघरकी ५ र ९ वर्षकी वर्षका बालिकाहरु र ९ वर्षका बालक छन्। उनीहरु यसअघि संक्रमण पुष्टि भएका एक पुरुषको सम्पर्कबाट ट्रेसिङमा परेका हुन्। ती पुरुषको सम्पर्कमा रहेका २६ र ५० वर्षका महिलामा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै ३८ वर्षका पुरुषमा पनि संक्रमण देखिएको छ।

त्यस्तै वीरगंज  घडिर्वाका ८, १०, १४ वर्षका बालकमा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै वीरगंज गारागार ठेगाना राखिएका ८ वर्षका बालक र ३७ वर्षकी महिला पनि छन्।

त्यस्तै वीरगंज नयाँ बस्तीकी १२ वर्षकी बालिकामा पनि संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell