PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

'गुञ्जन सक्सेना : द कार्गिल गर्ल' प्रदर्शन पछि विवादमा, फिल्मविरुद्ध भारतीय वायु सेनाको पत्र



पहिलोपोस्ट

'गुञ्जन सक्सेना : द कार्गिल गर्ल' प्रदर्शन पछि विवादमा, फिल्मविरुद्ध भारतीय वायु सेनाको पत्र

बलिउड फिल्म 'गुञ्जन सक्सेना : द कार्गिल गर्ल' बुधवार सार्वजनिक भयो। विहीवार नै भारतीय वायु सेनाले फिल्मविरुद्ध निवेदन दिएको छ। वायु सेना बारे नकारात्मक प्रचार गरिएको भन्दै सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी)मा पत्र पठाइएको हो।

सेनाले सीबीएफसीलाई सम्बोधन गर्दै लेखेको पत्र नेट्फ्लिक्स र धर्मा प्रोडक्सनलाई पनि पठाएको छ। पत्रमा धर्मा प्रोडक्सनले भारतीय वायु सेनालाई जिम्मेवार ढङ्गमा प्रस्तुत गर्ने सहमतीसहित अनुमती पाएको थियो। फिल्मले आगामी पुस्तालाई यस क्षेत्रमा लाग्न प्रेरणा दिने उल्लेख गरेको थियो।

तर, वायु सेनालाई खराब प्रमाणित गर्ने अवस्थाहरू देखाइएको आरोप छ। लेखिएको छ : गुञ्जन सक्सेनालाई 'ग्लोरिफाइ' गर्नका लागि संगठनलाई गलत ढङ्गमा प्रस्तुत गरिएको छ।

ट्रेलरमा सेनाले आपत्ती जनाएको थिएन। फिल्म प्रदर्शनअघि निर्माण कम्पनीले अन्य क्लिप समेत सेनामा पठाएको थियो। बलिउड हंगामाले जनाए अनुसार उक्त क्लिपहरू हेरे पछि आवश्यक सम्पादन र केही दृश्य हटाउन निर्देशन दिइएको थियो। तर, फिल्म जस्ताको त्यस्तै सार्वजनिक भयो। तोकिएको दृश्य हटाउनको साटो 'डिस्क्लेमर'मा प्रष्टिकरण दिइयो।

पत्रमा संगठनभित्र लैङ्गिक विभेद नहुने प्रष्ट्याइएको छ। लेखिएको छ,'यहाँ महिला र पुरुष समान छन् र समान अवसर दिइन्छ।'

पूर्व एयरफोर्स कमाण्डर गुञ्जन सक्सेनाको जीवनमा आधारित फिल्ममा जान्वी कपुरको मुख्य अभिनय रहेको छ। फिल्म प्रदर्शनअघि विवादमा आएको थियो। फिल्मको ट्रेलरबाट क्रेडिट लाइन हटाइएको हो।

फिल्म क्षेत्रमा नातावादको वहस चर्किएका कारण नेट्फ्लिक्सले क्रेडिट लाइन हटाएको हो। फिल्मका निर्माता रहेका करण जौहर 'नेपोटिज्म'को विवादमा छन्। उनले बलिउड स्टार किडलाई मात्र आफ्नो फिल्ममा ब्रेक दिएको र प्राय कलाकार दोहोर्‍याएको आरोप छ।

सुरुमा ट्रेलरबाट करण जौहरको मात्र नाम हटाउने छलफल भएको थियो। तर, फिल्मको क्रियटिभ टिमले एकजनाको मात्र नाम हटाइनु अस्वभाविक र शंकाष्पद् देखिने भएकाले कसैको पनि नाम उल्लेख गरिएको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell