PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

श्रीमतीसँग अवैध सम्बन्ध देखेपछि भारतमा छोरा बसे बुवाको क्रिया, अनि गरे हत्या



पहिलोपोस्ट

श्रीमतीसँग अवैध सम्बन्ध देखेपछि भारतमा छोरा बसे बुवाको क्रिया, अनि गरे हत्या

भारतको राजस्थानस्थित अलवर जिल्लामा आफ्नी पत्नीसँग आपत्तिजनक अवस्थामा फेला परेका पितालाई छोराले धार्मिक विधि पुर्‍याएर हत्या गरेका छन्। पिताको हत्या गर्नु छोराले कपाल मुण्डन गराएर तर्पण गरेका थिए।

घटना अलवरस्थित मुंडावर थाना क्षेत्रको तिनरुड़की गाउँको हो। ३२ वर्षीय प्रदीप यादव पिता हत्याको आरोपमा बुधवार विहान पक्राउ परे। उनले मंगलबार राती ६० वर्षीय पिता रामसिंह यादवको हत्या गरेका हुन्। घटनाको ४ घण्टापछि उनी अर्को गाउँबाट पक्राउ परे। अनुसन्धानमा उनकी पत्नी र पिताको अवैध सम्बन्ध भएको खुल्यो। जसका कारण उनी पिताको हत्या गर्न बाध्य भए। पत्नी र पितालाई आपत्तिजनक अवस्थामा देखेपछि प्रदीपले रामसिंहसँग झगडा समेत गरेका थिए। पिताको हत्या गर्नुअघि उनले कपाल मुण्डन गर्दै पिताको तर्पण गराएका थिए। प्रदीप हाल प्रहरी हिरासतमा छन्।

प्रदीपले आफ्नै बुहारीसँग सम्बन्ध राखेर पाप गरेको भन्दै पिताको हत्या गरेर सजाय दिएको बताएका छन्।

बुहारी र ससुराको अवैध सम्बन्ध तथा झगडाबारे छोरामात्रै होइन छिमेकी पनि जानकार दिए। हत्यापछि फरार रहेका प्रदीपलाई प्रहरीले छिमेकीबाट पाएको यहिँ सूचनाका आधारमा शंका गरेर समात्न सफल भयो।

डीएसपी नीमराणा लोकेश मीणाले मृतकको टाउकोमा चोट लागेको र रगत धेरै बग्दा रामसिंहको मृत्यु भएको बताए। घटनाको उजुरी मृतकका भाईका छोरा शेर सिंहले गराएका थिए।

प्रहरी अनुसन्धानमा पनि बुहारी र ससुराबीच लामो समयदेखि अवैध सम्बन्ध रहँदै आएको खुलेको डीएसपी मीणाले बताए। उनका अनुसार घटनाको एकदिन अगाडि मात्रै प्रदीपले पत्नी र पितालाई सम्भोग गरिरहेको अवस्थामा भेटेका थिए। लगत्तै झगडा पनि भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell