PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

साता लामो 'आइसोलेसन' बाट निस्केर दुई अध्यक्षको वार्ता, पाँच दिनमा निमिट्यान्न होला त नेकपा विवाद?



प्रकाश भण्डारी

साता लामो 'आइसोलेसन' बाट निस्केर दुई अध्यक्षको वार्ता, पाँच दिनमा निमिट्यान्न होला त नेकपा विवाद?
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी( नेकपा) विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पाँच दिनमा निकास निस्कने दाबी गरेका छन्। एपी वान टेलिभिजनको मंगलवार प्रसारण भएको कार्यक्रममा ओलीले पाँच दिनमा सिनारियो नै बदलिने दलिल प्रस्तुत गरे।

दाबीको एक दिनपछि साता लामो 'आइसोलेसन' ब्रेक गरेर बुधवार अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र ओली संवादमा जुटेका छन्। सुरक्षाकर्मीमा कोभिड १९ संक्रमण देखिएपछि भेटघाट बन्द गरेका प्रचण्डले ९ दिनपछि बालुवाटारमा ओलीलाई भेटेका छन्। नेकपाका नेताहरुका अनुसार ओली प्रचण्डबीच महाधिवेशन कमिटीका बारेमा छलफल भएको छ। छलफल भइरहेको भएपनि सहमति भने नभएको उनीहरुको भनाई छ।

ओली समूहले सहमतिका खाका तयार भएको भने पनि प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूहले भने अझै सहमतिको वातावरण नबनेको बताएको छ। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सहमतिको खाका बनेको भएर प्रधानमन्त्रीले ५ दिने काउनडाउन दिएको बताए। उनले अध्यक्षको तहमा कुरा भइरहेकाले अरु नेताले सहमतिका बारेमा टीकाटिप्पणी गर्नु नुहुने तर्क गरे। 'प्रधामन्त्रीले त्यतिकै त भन्नु भएको होइन। केही न केही सहमति हुने देखेरै भन्नुभएको हो। यसबारेमा अरुले केही भन्ने कुरा भएन, ' उनले भने।

नेता नेम्वाङका अनुसार सहमतिका विभिन्न खाकामा औपचारिक तथा अनौपचारिक रुपमा २० गतेको ओली प्रचण्डको भेटपछि पनि कुराकानी भइरहेको थियो। केन्द्रिय कमिटीलाई महाधिवेशन कमिटीमा परिणत गर्ने र त्यसको नेतृत्व दाहfलालाई दिने विषयमा छलफल भइरहेको प्रचण्ड निकट एक नेताले बताए।

तर स्थायी कमिटी सदस्य गणेश साह ओलीले दिएको पाँच दिने काउनडाउनमा सहमति त्यस्तो ठोस कुनै सहमति नुहुने बताउछन्। 'प्रधामन्त्रीले काउनडाउन दिनुभएको रहेछ। काउनडाउन गरेर बसेरहेका छौं। त्यस्तो सहमति हुन्छ जस्तो लाग्दैन्,'उनले भने। उनको बुझाइमा ओलीले यसअघि कित्ता क्लिएर गर्न मन्त्रीलाई भनेको विषयकै श्रृंखला स्वरुप ५ दिने काउनडाउन दिएका हुन्। '५ दिनमा सिनारियो बदलिन्छ भनेपनि खासमा यसको संकेत के पनि हो भने आफ्नो गुटलाई अब तयार भएर बस्नु भन्नु पनि हो। उहाँले यसअघि कित्ता क्लिएर गर्न पनि भन्नुभएको थियो,' उनले भने।

एकल अध्यक्ष प्रणालीका बारेमा पनि नेकपा भित्र बहस सुरु भएको छ। एकल अध्यक्ष प्रणालीका बिषयमा कुरा अगाडि बढनु पार्टी फुटनु नै भएको प्रचण्ड निकट नेताहरुको भनाई छ। अध्यक्षहरुबीचमा भइरहेको कुराकानी सकारात्मक दिशामा अघि बढिरहेको स्थायी समिति सदस्य पम्फा भुषालले बताइन्। उनले अहिले एउटै विकल्पमा भन्दा पनि फरक फरक विषयमा कुराकानी भइरहेको बताइन्। ओली निकट स्रोतका अनुसार अहिले महाधिवेसन कमिटीका बारेमा खाका बनेको छ भने सहमतिका लागि अन्तिम प्रयास भइरहेको छ। तर त्यसलाई अन्तिम रुप दिन भने प्रचण्डको मात्रै नभइ वरिष्ठ नेता नेपालको समेत सहमति चाहिने भएकाले नेपाललाई समेत यसपछि मनाउन प्रयास गरिने छ। 'सहमतिको कुरा भएपनि फेरी बीचमा क-कसले केही न केही निहु खोजिहाल्नु हुन्छ,'स्रोतले भन्यो,'अहिले पनि सहमतिकै दिशामा कुरा अघि बढिरहेको छ तर बीचमा कसैले भाँजो हाल्ने सम्भावना पनि उतिकै छ।'

१० दिनअघि बालुवाटारमा भएको ओली प्रचण्डको भेटघाट सौहार्दपूर्ण हुन सकेको थिएन। त्यसको केही दिनपछि प्रचण्ड-नेपाल समूहले आफ्नो धारणाबारे पत्रकार सम्मेलन नै गरेको थियो। पत्रकार सम्मेलनबाछ रिसाएका ओलीले प्रचण्डसँगको संवाद नै स्थगित गरेका थिए।

प्रचण्डनिकट नेताका अनुसार प्रचण्ड-नेपाल आफ्नो गुट बलियो भए मात्रै ओली बाध्य भएर लचक हुने बुझाइमा छन्। प्रचण्डले औपचारिक रुपमा कोभिड १९ संक्रमणका कारण भेटघाट बन्द गरे पनि गुटका नेताहरुलाई भने भेटेका थिए। 'उहाँहरुले भेटघाट नगरे पनि गुट अझै बलियो बनाउनुपर्छ भन्ने छ। त्यही अनुसारका गतिविधि भइरहेका थिए,' ती नेताले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell