PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

जब फ्यानले हातमा सोनु सुदको मुहारको ट्याटू खोपे…



पहिलोपोस्ट

जब फ्यानले हातमा सोनु सुदको मुहारको ट्याटू खोपे…

महामारीको समयमा कलाकार सोनु सुद धेरैका लागि 'रील लाइफ हिरो' बने। लकडाउन प्रभावितहरूका लागि आर्थिक एवं भावनात्मक सहयोग जुटाउन लागि परे। सम्मान स्वरुप एक जना शुभचिन्तकले सुदको नाम र तस्विरको ट्याटू नै खोपे। शुभम नाम गरेको एक व्यक्तिले आफ्नो पाखुरामा सोनु सुदको मुहार बनाएका हुन्।

हाल एक भिडियो सार्वजनिक भएको छ जसमा सोनुले आफू रियालिटी सो 'इन्डियाज बेस्ट डान्सर'को सेटमा निकै खुशी भएको बताएका छन्। भिडियोमै उनले शुभमलाई नयाँ साथीका रुपमा चिनाएका छन्। महामारीको समयमै हो सुदले शुभमलाई चिनेको। शुभमले आफूलाई ट्याटू खोपेर दिएको 'सर्पाइज'ले निकै खुशी बनाएको जनाएका छन्।

ट्याटूमा सुदको मुहारसँगै नाम पनि लेखिएको छ।

सुदले आफ्ना दर्शक एवं शुभचिन्तकलाई त्यसरी माया नदर्शाउन अनुरोध गरेका छन्। भनेका छन्,'शुभम फेरि यस्तो कहिल्यै नगर्नु। तपाईंहरू कोही पनि यस्तो नगर्नु। मलाई थाहा छ यहाँहरू मलाई निकै माया गर्नुहुन्छ।'

यसअघि ओडिसाका एक श्रमिकलाई सुदले घर फर्कनका लागि सहयोग गरेका थिए। ती श्रमिकले घर फर्किएर आफ्नो पसललाई सोनु सुदको नाम दिए। सोनुले एकदिन ती श्रमिकको पसल हेर्न जाने वचन दिएका छन्।

सोनुले लकडाउन अवधिमा घर फर्कन चाहने मजदूरहरूका लागि विशेष बस, रेल र फ्लाइटको समेत व्यवस्था गरिदिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell