PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

विराटनगरका ६० जनासहित प्रदेश १ मा एक सय १५ संक्रमित थपिए



फूलमाया पुरी

विराटनगरका ६० जनासहित प्रदेश १ मा एक सय १५ संक्रमित थपिए

विराटनगर: प्रदेश १ मा आज एक सय १५ जना कोभिड १९ संक्रमित थपिएका छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४ जना संक्रमित थपिएका छन्। त्यस्तै झापा र उदयपुरमा १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेका छन्।

मोरङको विराटनगरमा मात्र २२ महिला ३८ पुरुष गरी जम्मा ६० जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरानमा १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ। प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell