PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सुर्खेतमा १ देखि ६ वर्षसम्मका चार बालकसहित १८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि



पहिलोपोस्ट

सुर्खेतमा १ देखि ६ वर्षसम्मका चार बालकसहित १८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा सुर्खेत जिल्लामा १८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको परीक्षणमा चार बालकसहित १८ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा पाँच महिला र १३ पुरुष रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार वीरेन्द्रनगर नगरपालिका १० का १, २, ३ र वीरेन्द्रनगर १३ का ६ वर्षका बालकहरु रहेका छन्। वीरेन्द्रनगर १३ कै १२ वर्षका किशोरमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। पछिल्लो परीक्षणमा संक्रमण पुष्टि हुनेमा प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरका मात्र १७ हुन भने लेकवेसी नगरपालिकाका १ पुरुष रहेका छन्।

योसँगै कर्णालीमा संक्रमण पुष्टि हुनेको संख्या दुई हजार ५२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या एक हजार ९०१ जना पुगेका छन्।

प्रदेशम संक्रमण पुष्टि भएका मध्ये १४५ जना उपचारका क्रममा रहेका छन्। प्रदेशमा ६ जना संक्रमितको मृत्यु भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell