PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

उपत्यकामा थप १२७ जनामा कोभिड-१९ को संक्रमण : काठमाडौंका मात्रै १११, कुन जिल्लामा कति संक्रमित थपिए?



पहिलोपोस्ट

उपत्यकामा थप १२७ जनामा कोभिड-१९ को संक्रमण : काठमाडौंका मात्रै १११, कुन जिल्लामा कति संक्रमित थपिए?

काठमाडौं : पछिल्लो २४ घण्टामा ५२५ जनामा कोभिड-१९ संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्र १२७ जनामा संक्रमण देखिएको छ।

संक्रमण पुष्टि भएकामध्ये १८१ जना बागमती प्रदेशका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता गौतमले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ।

संक्रमण पुष्टि हुने मध्ये काठमाडौं जिल्लाका मात्र १११ जना रहेका छन्। त्यस्तै ललितपुर जिल्लाका ११ र भक्तपुरका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ।

बागमती प्रदेश अन्तर्गत मकवानपुरमा २८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै चितवन जिल्लाका ११, काभ्रेका ८ रामेछापका ३ र सिन्धुलीका २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै नुवाकोट र दोलखाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ।

बागमती प्रदेशपछि सबै भन्दा बढी प्रदेश २ मा संक्रमण पुष्टि भएको छ। प्रदेश २ मा १८१ जनामा संक्रमण पुष्टि हुँदा प्रदेश १ मा ११५ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश ५ मा पछिल्लो २४ घण्टामा ५३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै गण्डकी प्रदेशमा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ।

त्यस्तै सुदुरपश्चिममा २ र कर्णालीमा १ जनामा मात्र संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell