PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कोभिड १९ संक्रमणबाट मृत्यु भएका ४ जना कुन-कुन ठाउँका?



पहिलोपोस्ट

कोभिड १९ संक्रमणबाट मृत्यु भएका ४ जना कुन-कुन ठाउँका?

काठमाडौं: नेपालमा कोभिड १९ संक्रमणका कारण ९५ जनाको मृत्यु भएको छ। बिहीवार ४ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृतकको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मृतक कहाँ-कहाँका?

संक्रमणबाट मोहत्तरीका ४५ वर्षका पुरुषको साउन २५ मा रामजानकी अस्पतालमा निधन भएको छ। उनी क्षयरोग तथा मधुमेह रोगका बिरामी थिए।

धनुषाका ८५ वर्षीया महिलाको साउन २८ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यस्तै, अछाम रामारोशनका १८ वर्षका पुरुषको पाटन अस्पतालमा साउन २८ मा निधन भएको छ। मृतक पुरुष मुटु रोगका बिरामी थिए।

मोरङका ५७ वर्षका पुरुषको पनि साउन २८ गते कोशी अस्पतालमा विराटनगरमा मृत्यु भएको मन्त्रालयले जनाएको छ। उनी मधुमेहका विरामी थिए। यसअघि मन्त्रालयले बुधवार हालसम्मकै धेरै ८ जना संक्रमितको मृत्यु पुष्टि गरेको थियो।

बिहीवार ५ सय २५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ भने जम्मा संक्रमित संख्या २४ हजार ९ सय ९७ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell