PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

राष्ट्रसंघीय परियोजना सेवा कार्यालयद्वारा नेपाल प्रहरीलाई ७० लाखको स्वास्थ्य सामग्री सहयोग



पहिलोपोस्ट

राष्ट्रसंघीय परियोजना सेवा कार्यालयद्वारा नेपाल प्रहरीलाई ७० लाखको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं : संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस)ले नेपाल प्रहरीलाई करिब ७० लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

उक्त सामग्री यूएनओपीएस नेपालका कन्ट्री डाइरेक्टर चार्ल्स कलननले विशालनगरस्थित आफ्नै कार्यालयमा बिहीवार एक समारोहबीच केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतलाई हस्तान्तरण गरे।

हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा ५ सय थान मेडिकल पीपीई सेट, ५ सय थान फेस सिल्ड, ५ सय थान क्याप, ५ सय थान सु-कभर, ५ सय थान सर्जिकल ग्लोभ्स, ५० हजार थान सर्जिकल मास्क, ५० हजार थान नन-सर्जिकल रबर ग्लोभ्स, १६ लिटरको ५ सय थान डिसइनफेक्टेन्ट स्प्रे, १ हजार २ सय लिटर डिसइनफेक्टेन्ट लिक्विड र ५ सय थान थर्मोमिटर गन रहेका छन्।

सहयोगका लागि आभार व्यक्त गर्दै एसएसपी कडायतले आगामी दिनमा नेपाल प्रहरी र यूएनओपीएसबीच सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरे।

कन्ट्री डाइरेक्टर चार्ल्सले नेपाल प्रहरीसँगको सम्बन्धलाई थप मजबुद बनाउँदै सहकार्य र समन्वयलाई निरन्तरता दिने बताए। नेपाल प्रहरीलाई आवश्यक साथ र सहयोग प्रदान गर्नका लागि आफू सदैव तत्पर रहेको उनले उल्लेख गरे।

उक्त अवसरमा प्रहरी अधिकृत तथा यूएनओपीएसका पदाधिकारीहरुको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell