PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

बानेश्वरमा सुनका गहना लिएर झुक्याएर ठगी, एक महिला पक्राउ



पहिलोपोस्ट

बानेश्वरमा सुनका गहना लिएर झुक्याएर ठगी, एक महिला पक्राउ

काठमाडौं : सुनका गहना लिएर विभिन्न वहाना बनाई झुक्याउने र ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन्।

करिब ४ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरको सुन ठगी गरेको अभियोगमा झापा शान्तिनगर घर भई काठमाडौं महानगरपालिका-३१ नयाँ वानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई काठमाडौं ज्ञानेश्वरबाट बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

मगरले उक्त रुपैयाँ बराबरको डेढ तोलाको १ थान सुनको सिक्री, ५४ लालको १ थान सुनको लकेट, १ तोला ५२ लालको १ थान सुनको ब्रासलेट, १ थान हिराको औंठी र ३५ लालको १ थान सुनको औंठी विभिन्न वहाना बनाई झुक्याई ठगी गरेको मुद्धाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

नयाँ बानेश्वर बस्ने रमिता रन्जित श्रेष्ठको जाहेरीअनुसार शारदालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ। मगरलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell