PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

आजदेखि पूर्ण लकडाउनमा फर्कियो बुटवल उपमहानगर, खाद्यान्न पसल बिहान ७ देखि ११ बजेसम्म खुल्ने



रासस

आजदेखि पूर्ण लकडाउनमा फर्कियो बुटवल उपमहानगर, खाद्यान्न पसल बिहान ७ देखि ११ बजेसम्म खुल्ने
फाइल फोटो।

रुपन्देही : बुटवल उपमहानगर क्षेत्रभित्र आजदेखि लकडाउन गरिने भएको छ। बुटवल उपमहानगरको बैठकले आगामी भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो।

सो निर्णय आज राति ११ः४५ बजेदेखि भदौ ५ गते ११ः४५ बजेसम्म लागू हुने प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए। सोअनुसार बुटवलभित्रका खाद्यान्न पसल बिहान ७ देखि ११ बजेसम्म मात्रै खुल्न पाउनेछन्। दूध उद्योग बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्रै खुल्न पाउने उपमहानगरपालिकाले जनाएको छ।

लकडाउनपछि सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइने र तरकारी बोक्ने गाडी पनि परिचयपत्र बोकेर मात्रै सञ्चालन गर्न पाइने छ। उपमहानगरपालिकाले होटल तथा रेस्टुरेन्ट पनि बन्द गर्न निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell