PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

घरभित्र प्रेसर कुकर बम पड्काउने धम्की दिएपछि…



पहिलोपोस्ट

घरभित्र प्रेसर कुकर बम पड्काउने धम्की दिएपछि…
फाइल तस्विर

सिन्धुली : प्रेसर कुकर बम पड्काइदिन्छु भन्दै धाकधम्की दिएको अभियोगमा हरिहरपुरगढी गाउँपालिका-७ श्रीदमार बस्ने २९ वर्षीय रोशन भन्ने भरत अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँ बस्ने खर्कमाया आलेको घरमा प्रेसर कुकर बम पड्काइदिन्छु भनि धाकधम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell