PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कैलालीमा चट्याङ लागेर बाख्रा चराउन गएकी किशोरीको मृत्यु, एक घाइते



पहिलोपोस्ट

कैलालीमा चट्याङ लागेर बाख्रा चराउन गएकी किशोरीको मृत्यु, एक घाइते

कैलाली: कैलालीमा चट्याङ लागेर एक किशोरीको मुत्यु भएको छ भने एक जना घाइते भएका छन्। बिहीवार जिल्लाको लम्कीचुहा नगरपालिका वडा न. १ लम्कीमा चट्याङ लागेर १३ वर्षीया अन्जु शाहीको घटनास्थलमै मृत्यु भएको हो। जंगलमा बाख्रा चराउन गएका बेला उनलाई चट्याङ लागेको थियो।

यस्तै चट्याङबाटै सोही ठाउँकी १४ वर्षीया भावना शर्मा घाइते भएकी छन्। उनको अहिले लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरीले जनाएको छ।

मृतक अन्जुको शव पोस्टमार्टमका लागि टिकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell