PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

प्रधानमन्त्रीको हत्या गर्न ‘भारतले सार्प सुटर खटाएको’ भनेर अफवाह फैलाएको आरोपमा एक व्यक्ति पक्राउ



पहिलोपोस्ट

प्रधानमन्त्रीको हत्या गर्न ‘भारतले सार्प सुटर खटाएको’ भनेर अफवाह फैलाएको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न भारतले मानिस परिचालन गरेको भन्दै अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको टोलीले अफवाह फैलाउने सुनील शर्मालाई पक्राउ गरेको हो।

शर्मा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा पनि अफवाह फैलाउन प्रयोग भएका व्यक्ति हुन्।  उनी निर्मला प्रकरणमा समेत कंचनपुर पुगेर  आन्दोलन चर्काउन उस्काउने मानिस हुन्। शर्माले आफू अनुसन्धानको मान्छे हुँ भन्दै आन्दोलन चर्काएर दुई चार जना मानिस मरेपनि फरक नपर्ने भन्दै उस्काउट गरकेा थिए। उनले आन्दोलन चर्काउनको लागि खर्च समेत व्यवस्थापन गर्ने आवश्वासन दिएका थिए ।उनले म भारतीय गुप्तचर संस्था 'रअ'को एजेन्ट हुँ समेत भनेका थिए।

पढ्नुस्ः मान्छे मर्ने गरी आन्दोलन चर्काउन उक्साउने ती रहस्यमय व्यक्ति को थिए?

शर्माले फेसबुकमा भारतले प्रधानमन्त्री ओलीको हत्याका लागि मानिस परिचालन गरेकाले सुरक्षा निकायले सतर्कता अपनाउनुपर्ने पोस्ट गरेका थिए। सोही अफवाह फैलाएको आरोपमा शर्मालाई पक्राउ गरिएको परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

शर्माले आफ्नो फेसबुकमा प्रधानमन्त्री ओलीको हत्याका लागि भारतले सार्प सुटर खटाएको अभिव्यक्ति पोस्ट गरेका छन्।

पक्राउ परेका शर्माबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell